शशांकको सम्झनामा गिरिजा : ‘कांग्रेसप्रति आकर्षित गर्ने नेता’

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालाले कांग्रेसको संगठन मजबुद बनाएको बताएका छन्। सुशील कोइराला मेमोरियल फाउन्डेसनले बिहीवार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले बीपीले विचार दिएर र गिरजाले संगठन दिएर कांग्रेस बलियो भएको बताएका हुन्।

गिरिजाप्रसादको ९८ औं जन्मदिवसको अवसर पारी आयोजित कार्यक्रममा शशांकले भने, ‘गिरिजाप्रसाद अत्यन्त सरल हुनुहुन्थ्यो। बीपी कोइरालाले विचार दिनुहुन्थ्यो। संगठनको मापदण्ड गिरिजाले गर्नुभयो। उहाँले गरेर संगठन अत्यन्त राम्रो भयो।’

जीवनभर नै गिरिजाले संगठनकर्ताको भूमिका निभएको उनको भनाई थियो। ‘जीवनभरी संगठनकर्ताको प्रमुख भूमिकामा देखिनुभयो। गाउँगाउँ गएर साथीहरुलाई कांग्रेसमा आकर्षित गर्नुभयो,’ शशांकले भने।

त्यसैगरी गिरिजाप्रसाद क्रान्तिकारीसमेत भएको उनको भनाई थियो। ‘भारतमा बस्दा नेपाल बोर्डरको ३० किलोमिटर वरैबाट उहाँलाई जान रोक थियो। तर उहाँ लुकिछिपी तराइ क्षेत्रमा घुस्नुभयो। संगठन गर्नुभयो। अत्यन्त क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो,’ महामन्त्री कोइरालाले थपे, ‘हामी सानै थियौ। पैसाको धेरै तंगी थियो। बीपी कोइरालालाई नै नभनी हाइज्याकिङ गर्नुभएको थियो। जुन दिन हाइज्याक हुँदै थियो त्यो दिनमात्र सूचना दिनुभयो। त्यो मलाई झल्झल्ती सम्झना छ।’

गिरिजाप्रसादको पहिलो प्रधानमन्त्री काल नेपालको लागि गोल्डेन इरा भएको उनको भनाई रह्यो। ;२०४८ देखि २०५१ मा उहाँले नेपालको सुनौलो इतिहास रच्नुभयो। यही तीन वर्षमा धेरै काम गर्नुभयो। गोल्डेन इरा नै थियो यो। विकासको पूर्वधार यहीबेला खडा भयो। परिवर्तनको खाका तयार त्यही बेला भएको थियो,’ शशांकले दाबी गरे।

भारतमा बस्दा एकै सिरकको भरमा धेरैले रात कटाएको विषय पनि शशांकले सम्झिए। ‘सारनाथमा बस्दा सानो कोठा थियो। हामी पाँच सात जना बस्थ्यौ। गणेशमानजी, शेखर दा पनि सँगै थियौं। जाडोको महिनामा एउटामात्र सिरक थियो। जसले पहिले पायो उसले पहिले ओढ्थ्यौ। गाह्रो थियो।’

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *