तीन दिनमा सक्रिमत सङ्ख्या उकालो लाग्यो, फेरि लकडाउन हुन सक्ने

काठमाडौँ उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो गरेसँग सर्वसाधारणको चहलपहल बढ्दै गएको छ । सङ्क्रमितको सङ्ख्या घटे पनि मुलुकमा कोभिडको जोखिम भने घटेको छैन ।

अझै पछिल्लो तीन दिनयता सङ्क्रमितको सङ्ख्या केही उकालो लागेको देखिएको छ । कोभिडको जोखिम रहँदै आम मानिसको जनजीवन सामान्य बनाउन र मुलुकको अर्थतन्त्र चलायमान गराउन भए पनि निषेधाज्ञाको स्वरूप परिवर्तन गरिएको हो । तर, उपत्यकालगायत बाहिरी जिल्लामा भिडभाड बढ्ने गरी सभा सम्मेलन तथा विरोध प्रदर्शन हुन गर्न थालेका छ ।

कतिपय ठाउँमा मास्क नलगाउने र सार्वजनिक स्थलमा सामाजिक दूरी कायम हुन छोडिसकेको छ । यसले सङ्क्रमण रोक्ने होइन झन् फैलाउने आशङ्का बढ्दै गएको छ ।   निषेधाज्ञा खुकुलो भएको एक साता बढी भएको छ । पछिल्लो तीन दिनमा मात्रै देशभर आठ हजार २८८ सङ्क्रमित थपिएका छन् । अल्फा भेरियन्ट भाइरस परिवर्तित स्वरूपमा भाइरस देखिएको समयमा निषेधाज्ञा खुकुलो हुनु लागि घातक जस्तै हुने भएको विज्ञहरू बताउँछन् ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *