महामारीले बाल मनोवैज्ञानिक समस्या

मनोवैज्ञानिक समस्या हुँदा बालबालिकाले यस्तो गर्छन्

बालमनोवैज्ञानिक समस्या हुँदा उनीहरूको व्यवहार, भावना, विचार, शारीरिक समस्या, खानपान गर्दा व्यवहार परिवर्तन गर्छ ।

व्यवहार :  बालबालिका छिटो रिसाउने, अत्यधिक डराउने, आत्तिने, दिसापिसाब तकाउने, तनावका कारण ओछ्यान, पाइन्टमै गरिदिने जस्ता व्यवहार देखिन्छ ।

भावना :  डराउने, वाक्क दिक्क हुने, निराश हुने, आत्तिने व्यवहार गर्छन् ।

शारीरिक : मनोवैज्ञानिक समस्या हुँदा बच्चाहरूले टाउको भारी भयो भन्ने, पढ्न रुचाउने, ज्यान ठुलो भयो भन्ने, पटक पटक सास फेर्न गाह्रो भयो भन्ने, छातीभारी भयो भन्ने गर्छन् ।

विचारमा परिवर्तन :  पटक पटक एउटै विचार मनमा आउने, भविष्यका बारेमा धेरै सोच्ने, जस्तै पढाइ कुरा गर्ने तर पढ्न ध्यान नदिने, कोरोना लाग्यो भने के होला भन्ने जस्ता कुरा बारम्बार मनमा खेलाउने, बितेका कुरा बारम्बार दिमागमा आइरहने आदि लक्षणहरू देखाउँछन् ।

निद्रा गडबड हुने समस्या : बालबालिकाहरू राति नसुत्ने तर दिउँसो सुत्ने, निद्रामा उठेर हिँड्ने निद्रामा डराउने गर्छन् ।

खानपान, निद्रा, पठनपाठनमा बाधाअड्चन आउने गर्छ । जस्तै पहिला जस्तो खाना खान नमान्ने, कि कम, कि एकदम धेरै खाना खाने, कम समय निदाउन कि धेरै निदाउने गर्छन् । पढाइको स्तर खस्किँदै गएको छ भने पनि बालबालिका तनावमा छन् भनेर बुझ्नुपर्छ । यस्ता खालका व्यवहार लामो समयसम्म बालबालिकाले दोहो७थभलसयाएमा मनोवैज्ञानिक समस्या हो कि भनेर शङ्का गर्नुपर्छ ।

 

बालमनोवैज्ञानिक समस्या कसरी व्यवस्थापन गर्ने

लामो समयसम्म कम्प्युटर, ल्यापटप, मोबाइलमा व्यस्त हुन्छन् । पढाइबाहेक अन्य समयमा इन्टरनेटमा व्यस्त हुने भएकाले बालबालिका घरबाहिर ननिस्कने, परिवारका सदस्यसँग कम घुलमिल हुने, साथीभाइसँग हिँड्ने डुल्ने वातावरण कम हुँदा बालबालिका आजभोलि हत्तपत्त घरबाहिर निस्कन तथा घुलमिल हुन अल्छी मान्ने गर्छन् । साथै कोरोना महामारीको त्रासले घरभित्र मात्रै सीमित हुँदा धेरै बालबालिकाको व्यवहार परिवर्तन आएको हुन सक्छ । त्यस्तो अवस्थामा अभिभावकले उनीहरूको समस्यालाई बुझेर मात्रै बोली व्यवहार प्रदर्शन गरेर पहिलाकै स्थितिमा फर्काउने कोसिस गर्नुपर्छ ।

बालबालिकासँगै बसेर उनीहरूको समस्या बुझ्ने काम अभिभावकले गर्नुपर्छ । बच्चालाई प्रशस्त समय दिएर उनीहरूको गुनासो, पीडा, समस्या बुझ्ने कोसिस गर्नुपर्छ । बच्चाले समस्या व्यक्त गरे भने मात्र बच्चालाई सल्लाह सुझाव दिने हो । अभिभावकले सीधै यसो नगर, उसो नगर, यस्तो कुरा नगर, नसुन भन्ने गर्छन् । बच्चाहरूले सामान्य कुरालाई समस्याका रूपमा लिएका हुन सक्छन् । उनीहरूले के समस्याको सामना गरिरहेका छन्, बच्चाहरूलाई खुलेर भन्न दिनुपर्छ । अभिभावकले सकेसम्म उनीहरूकै ठाउँमा आफूलाई उभ्याएर समस्या बुझ्ने प्रयास गर्नुपर्छ ।

अभिभावकले उनीहरूका कुरा ध्यान दिएर सुनिदिने, खुलस्त रूपमा बोल्ने अवसर दिने, त्यस्तो माहौल सिर्जना गरिदिने, उनीहरूसँग समय बिताउने र उनीले लिएका तनाव चिन्तालाई मन नदुख्ने गरी बुझाउने र सम्झाउने प्रयास गर्नुपर्छ ।

यति गर्दा पनि बच्चाको व्यवहार, भावना, शारीरिक लक्षणहरू अझ बढ्दै गए र झन् जटिल देखियो भने घरमा उनीहरूको समस्या समाधान घरबाट हुँदैन भनेर बुझ्नुपर्ने डा. कार्की बताउँछन् ।

 

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *