हस्तक्षेप रोक्न माग गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

 चिनियाँ प्रतिनिधि मण्डलका साथै चिनियाँ राजदूतले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट तीव्र बनाउँदै आएका छन् ।

नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने भन्दै काठमाडौं बालुवाटारस्थित चिनियाँ दूतावास अगाडी युवाहरूले प्रदर्शन गरेका छन् । हातमा कालो झन्डा र प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरूले ‘गो ब्याक चाइना’ लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  पछिल्लो समय चिनियाँ प्रतिनिधि मण्डलका साथै चिनियाँ राजदूतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँग भेटघाट तीव्र बनाउँदै आएका छन् ।

नेकपाको फुटलाई पुनः एकतामा बदल्ने मिसनका साथ  चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डल नेपाल आएको हो । एकता प्रक्रियाले पूर्णता नपाउँदै विभाजनमा पुगेको नेकपाका विभिन्न नेताहरूलाई भेटी पार्टी एकता कायम राख्न र चिनका एजेन्डाहरूमा समर्थन गर्न आग्रह गरेको खबर सार्वजनिक भएपछि विरोध स्वरूप युवाहरूले प्रदर्शन गरेका हुन् ।

‘न भारत न चीन, हाम्रो देशको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप हामीलाई स्वीकार्य छैन,’ प्रदर्शनमा पुगेका युवाहरूले बताए। नेकपाभित्र आन्तरिक विवाद भएका बेला चिनियाँ चलखेल बढेको  भन्दै आलोचना भइरहेको छ।

नेकपाभित्र आन्तरिक विवाद भएका बेला चिनियाँ चलखेल बढेको  भन्दै आलोचना भइरहेको छ।

गएको आइतबार काठमाडौँ आएको चिनियाँ टोली चार दिनपछि बुधबार स्वदेश फर्किएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै आन्तरिक किचलोमा रहँदै आएको नेकपा दुई भागमा विभक्त भयो ।

त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी जिनपिङको एकता सन्देश लिएर टोली आएको हो । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहितको टोलीले आएकै दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी जिनपिङको एकता सन्देश लिएर टोली आएको हो ।

भोलिपल्ट सोमबार चिनियाँ टोलीले विभाजित नेकपाको अर्को खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भिन्दाभिन्दै भेट ग¥यो । टोलीले नेताहरु झलनाथ खनाल, कृष्णबहादुर महरासँग पनि भेट गरेको थियो ।

सोही दिन विघठित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा तथा पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता डा. बाबुराम भट्टराईसँग पनि चिनियाँ टोलीले भेट गरेको थियो । मङ्गलवार चिनियाँ टोलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फरक सन्देश दिन खोज्यो । बुढानीलकण्ठमा चिनियाँ टोलीले देउवासँग भेट ग¥यो । ·

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *