गीत गाएरै पढाई खर्च जुटाउँर्दै फुच्चे समूह

दैलेखको दुल्लु नगरपालिका वडा नं १ तल्लो डुंगेश्वर बजारमा गीत गाएरै केही बालकहरुले पढाई खर्च जुटाउँदै आएका छन् । गाढी राृकिनासाथ तीन जना बालक गाडीको ढोकैमा आएर गीत गाउन थाल्छन् ।

‘मर्नु छ एकदिन सधै बाँचिरहने को छ
कोही गरिब हुन सक्छन्, कोही धनी हुन सक्छन्
गरिब हुँ भन्दैमा रूनु पर्दैन
धनी हुँ भन्दैमा धेरै खुसी हुनु पर्दैन
मर्नु छ एकदिन सधै बाँचिरहने को छ ।

उनीहरूको सुमधुर स्वरले वरिपरि सबैको ध्यान तानेको मात्रै होईन गीतका शब्दले गरिब र धनी बिचको मानसिकतालाई पनि बताउाछ । दुल्लुको वडा नं १ मा बादी समुदायको नमूना बस्ती छ। त्यहिँ बस्तीका तीन जना बालक पछिल्ला दुई तीन वर्षदेखि दैलेखमा गीत गाउँदै हिँड्ने फुच्चे समूहको रुपमा चर्चित छन्।

कलिलै उमेरमा सडकपेटी र गाडीको ढोकासम्मै पुगेर गीत गाउँदै यात्रुलाई मनोरञ्जन गराउने उनीहरूका गीतका शब्दमा समाजको अवस्था र मायाँप्रीतिको भाव झल्किएका हुन्छन् ।

मरेर गएनि नतोडिने मायाँ बन्धन हो
चाहेर पनि भुलाउन नसक्ने मायाँ हो

संसारलाई भुलेर उसैलाई चाहनु मायाँ हो
सानो यो मनमा उसैलाई बसाल्नु मायाँ हो

पाउनेलाई मायाँ बरदानै मायाँ
बुझ्नेलाई मायाँ संसारै मायाँ हो मायाँ।।मायाँ हो मायाँ

तीनै जनाले एउटै लय र तालमा सँगै गीत गाउँदा लाग्छ उनीहरू गीतसंगीतमा वर्षौदेखि तालिम लिईरहेका छन्। गीतसंगीतको लागि कतै पनि औपचारिक कक्षा लिने अवसर नपाएका आफूहरू गाउँघरका भिरपाखामा गुनगुनाउँदै गीत गाउन सिकेको सुमन बादीले बताए।

सुमन बादी १२ वर्षका भए। कक्षा ५ मा अध्ययन गरेका सुमन विद्यालयमा अध्ययन गर्नेभन्दा सडक र बजारमा गीत गाउन मस्त हुन्छन्। उनीसँगै ११ वर्षका विशाल र १३ वर्षका पदम बादी पनि गीत गाउँदै हिँड्छन्। विशाल र पदमपनि ४ कक्षामा पढ्छन् ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *