म्युजिक भिडियोबाट आएको रकम एसिड पीडितलाई

कार्यक्रममा राजु सुन्दासले मुस्कान खातुनलाइ हरेक दिन लाग्ने उपचार खर्चमा सय दिन आफूले खर्च गरिदिने वाचा गरेका छन् ।

राजु सुन्दासको ‘तिम्रै प्रेमले’ बोलको गीत सार्वजनिक गरिएको छ । सङ्गीतकार सुभाष भुसालले सङ्गीत भरेको गीतमा कर्णप्रिय गायिका अन्जु पन्तको आवाज  छ। गीतमा साजन परियारको शब्द छ ।

गीतको सङ्गीत संयोजन भने उदयराज पौडेलले गरेका हुन् । गीतमा एस्तर स्याङ्तान, रन्जु भुसाल, रोजी श्रेष्ठ पाख्रिनको आवाज कोरसमा सुन्न सकिन्छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

साथसाथै सङ्गीतकार सुभासा भुसालले पनि सङ्गीत गरेर आएको रकमको पचास प्रतिशत मुस्कानलाई दिने घोषणा गरेका छन् ।

गोकर्ण रिसोर्टमा खिचिएको भिडियोमा प्रमुख कलाकारहरूको रूपमा नीलिमा कोइराला, हन्ना बादी, सुजु बर्देवालगायतका कलाकारलाई देख्न सकिन्छ। गीतलाई राजु सुन्दाससँगै मुकुन्द शर्मा, बुद्ध घिसिङ, जोसेप राईलगायतले निर्माण गरेका हुन् ।

काठमाडौँमा औपचारिक कार्यक्रम गरी सार्वजनिक भएको   गीतको भिडियो ‘एचसिएम् च्यानल’ नामको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ । कार्यक्रममा एसिड पीडित किशोरी मुस्कान खातुनको पनि मुख्य सहभागी थियो ।

कार्यक्रममा राजु सुन्दासले मुस्कान खातुनलाइ हरेक दिन लाग्ने उपचार खर्चमा सय दिन आफूले खर्च गरिदिने वाचा गरेका छन् । साथै पहिलो किस्ताका केही रकम पनि प्रदान गरिएको छ । साथसाथै सङ्गीतकार सुभासा भुसालले पनि सङ्गीत गरेर आएको रकमको पचास प्रतिशत मुस्कानलाई दिने घोषणा गरेका छन् ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *