कहिले खुल्ला फिल्म हल ?

लामो समयदेखि फिल्म क्षेत्र बन्द रहँदा कामबिहीन भएका कतिपय कलाकार र प्राविधिकहरुको दैनिक गुजारामै समस्या देखिन थालेको छ । लकडाउनका कारण रोकिएका, घोषणा गरेर छायांकन तयारीमा रहेका, निर्माण पूरा भएर प्रदर्शनका लागि तयार थुप्रै फिल्म अलपत्र परेका छन् ।

 

दयाराम दाहाल, अध्यक्ष, चलचित्र विकास बोर्ड

अब खुल्नुपर्ने हो । अस्ति तिहार अगाडि पनि सञ्चार मन्त्रीलाई विकास बोर्डमा बोलाएर हामीले कुरा गरेका थियौँ– छिटोभन्दा छिटो फिल्म क्षेत्र खोल्नु प¥यो भनेर ।

हामीले काम गर्न पाएनौँ, अहिले त फिल्म क्षेत्रले मात्र कोरोना सारेको जस्तो देखियो, अरु सबैजसो क्षेत्र खुलिसक्यो, हाम्रो क्षेत्रमात्र बाँकी छ भनेका थियौँ ।

हाम्रो कुरा सुरेर मन्त्रीज्यू पनि पोजेटिभ हुनु भएको छ । अब खोल्ने हो भन्नुभएको थियो । सायद अब खुल्छ होला ।

फिल्म क्षेत्रको सबै संघसंस्थाको आवाज पनि मन्त्रालयमा पठाएको छु । सञ्चार मन्त्रालयले पनि फिल्म क्षेत्र खोल्ने विषयमा दसैँ अगाडि नै सिसिएमसीमा प्रतिवेदन पठाएको हो । सुरक्षा लगायतका विषयमा म आफैले ब्रिफिङसमेत गरेको थिएँ । मलाई त दसैँ अगाडि नै खुल्छ भन्ने आश थियो । त्यो भएन । तिहारमा खुल्छ भन्ने थियो । त्यो पनि भएन । अब छठपछि भने अवश्य खुल्छ होला ।

अब खुल्न कुनै पनि क्षेत्र बाँकी छैन । त्यसैले नेपाली फिल्म क्षेत्र पनि खोल्नुपर्छ । मन्त्रीज्यूलाई मैले सबै क्षेत्र खोलिसक्दा पनि फिल्म क्षेत्रमात्र किन बन्द गरेको ? यो क्षेत्र बन्द हुँदा लाखौँ मानिस प्रभावित भएका छन्, चाँडोभन्दा चाँडो खोलिदिनु प¥यो भनेर भनेको थिएँ । उहाँले छिट्टै खोल्न पहल गर्छु भन्नुभएको छ ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *