बहुआयामीक युवा व्यक्तित्व बिक्की पुलामी अमेरिकामा सम्मानित 

बिक्की भन्छन्  ‘ समाजसेवा म भित्रको आत्म चाहाना हो र आत्मा सन्तुष्टिका लागि मैले गरेको हुँ ।’
मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवीयता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन अप्ठेरोमा सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् ।
एकल रूपमा वा सङ्गठित भएर, उनीहरूले सामाजिक काममा आ आफ्ना तर्फबाट हात बढाइरहेका छन् । यसले उनीहरूको सामाजिक कार्यमा सक्रियतालाई सङ्केत गरिरहेको छ ।
जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवीयताको भावना हुनुपर्ने रहेछ ।  यस्तै १५ वर्षदेखि निरन्तर समाजसेवामा खटिँदै आएका नेपाली युवालाई अमेरिकामा सेवा गर्दा मेवा मिलेको छ । बहुआयामीक युवा व्यक्तित्व बिक्की पुलामी अमेरिकामा सम्मानित भएका हुन् ।
आफ्नो घर परिवार, देशभन्दा बाहिर रहेर पनि बिक्कीले अरूको सेवा गर्दै आएका छन् ।
अमेरिका रहेर पनि नेपाली कला र संस्कृतिको प्रवर्धनमा निरन्तर क्रियाशील रहनुको साथै सामाजिकार्यमा पनि निरन्तर रूपमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै उनलाई ब्रुकलिन बोरो प्रेसिडेन्ट एरिक आडम्सले सम्मान गरेका हुन् । आफ्नो घर परिवार, देशभन्दा बाहिर रहेर पनि बिक्कीले अरूको सेवा गर्दै आएका छन् ।
न्युयोर्कको ज्याक्सन हाईट्समा आयोजित एक कार्यक्रममा बिक्की पुलामीलाई सम्मान गरिएको हो । उनी २००५ साल देखी निरन्तर रूपमा स्वयंसेवाको कार्यमा निरन्तर समर्पित छन् । यसअघि बिक्की अमेरिकाको जर्सी सहरमा नगर प्रमुखले नेपाली झन्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोहमा सम्मानित भएका थिए ।
‘तपाई किन समाजसेवा गर्न रुचाउनुहुन्छ ?’ भन्ने प्रश्नमा बिक्की भन्छन्  ‘म समाज सेवा गर्न किन रुचाउँछु भन्दा पनि समाजसेवा एउटा मानवीय धर्म हो र हर मानिसमा मानवीयता हुन्छ । समाजसेवा म भित्रको आत्म चाहाना हो र आत्मा सन्तुष्टिका लागि मैले गरेको हुँ ।’
कोरोना महामारीको समयमा बिक्कीले एक स्वास्थ्य समूह स्थापना गरेका थिए । समूह मार्फत उनकै संयोजनमा जर्सी सिटी र आसपासको क्षेत्रमा बसोबास गर्ने २ सय परिवारलाई प्राथमिक उपचारको साधन वितरण गरिएको थियो । 
को हुन बिक्की पुलामी ?
२ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका बिक्की नेपाली चलचित्र ‘जिन्दगी रक्स’ मा मुख्य खलपत्रको अभिनय गरेका छन् ।
उनले अमेरिकामै रहेर २ दर्जन भन्दा धेरै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।
साथै कुशल प्रस्तोता समेत रहेका उनले नेपाल, अमेरिका, मलेसिया लगायत धेरै ठाउँमा सयभन्दा धेरै कार्यक्रम उद्घोषण समेत गरेका छन् ।
उनी खेलाडी समेत हुन् ।  शितोरियो कराते र तोंग ईलमा उनी आबद्ध छन् । उनी समाजसेवामा समेत अगाडि छन् । उनले नेपालको बिभिन्न स्थानमा ७ वटा पुस्तकालयको निर्माण गरेका छन् ।
दश बर्सअघिबाट निरन्तर रूपमा युवा स्वयंसेवाको संकारको निमित्त धरान, इटहरी, काठमांडौं धनगढी, सर्लाहीलगायत विभिन्न ठाउँमा एक सयभन्दा धरै ‘स्वयंसेवाको माध्यमबाट नेतृत्व नामक  कार्यशाला गोष्ठी समेत बिक्कीले गराएका छन् ।
कोरोना महामारीको समयमा बिक्कीले एक स्वास्थ्य समूह स्थापना गरेका थिए । समूहमार्फत उनकै संयोजनमा जर्सी सिटी र आसपासको क्षेत्रमा बसोबास गर्ने २ सय परिवारलाई प्राथमिक उपचारको साधन वितरण गरिएको थियो ।
तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *