एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

। शनिबार अहिलेसम्मकै धेरै पाँच हजार बढीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गरिएको थियो । त्यसमा १८२३ महिला र ३१८५ पुरुष गरी ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार संक्रमण दर २५.९२ प्रतिशत छ ।

नयाँ संक्रमिमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । उपत्यकाका २६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् ।

३० हजार नाघ्यो सक्रिय संक्रमित

नेपालमा कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ ।

उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *