अमेरिकामा कोभिड हिरो : नवराज केसी

नवराज केसी विश्व नै कोरोना प्रकोप सँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै कमान्डर बनेर सक्रिय बनेका थिए, महाशक्ति राष्ट्र अमेरिकामा । 
कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा सारा विश्व दुख, पीडा र सङ्कटमा थियो । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको विभिन्न प्रयासका कारण अमेरिकामा समेत आप्रवासीहरूको जनजीवन हम्मे हम्मे थियो । कतिपय देशका आप्रवासीहरू मानवीय सङ्कटमा परे ।
त्यस्तो मानवीय सङ्कटको घडीमा एक सत्य उजागर भयो । हराउँदै गएको मानवता फेरि एक पटक देखियो । भौतिकवादीसमेत आध्यात्मिक वादतर्फ उन्मुख देखिन्छन् । हरेकले आफ्ना धर्मग्रन्थहरू कोट्याउन थाले । तर, हरेक दुखमा सहारा खोज्न जाने मन्दिर, मस्जिद र चर्चहरू यस विश्वव्यापी सङ्कटमा बन्द थिए ।
तर त्यस बखत भगवान् मन्दिरमा नभई दुखी पीडितहरूको घर, निवास परिसरमा देखिए । भगवान् मानवरूपी जीवन नै रहेछ भन्ने महसुस राहत पाएका आप्रवासी बेसाहाराहरुले गरेका थिए ।
 त्यस्तैमा, महासङ्कटको सारथिको रूपमा देखा परेका थिए अमेरिका निवासी नवराज केसी । महामारीको अवधिमा न्यु योर्क सिटीमा धेरै तयारी खाना समेत उनकै पहलमा नेपाली समुदायलाई वितरण गरिएको थियो ।
नवराज केसी विश्व नै कोरोना प्रकोप सँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै कमान्डर बनेर सक्रिय बनेका थिए, महाशक्ति राष्ट्र अमेरिकामा ।
सेवा गरे मेवा मिल्छ, यो आहान विश्व प्रख्यात छ । यस्तै मिठो मेवा प्राप्त गरेका छन् , उतै समाजसेवी नवराज केसीले । अमेरिकामा ब्रुकलिन साइटेसनबाट उनी सम्मानित भएका हुन् । हालै उनलाई ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साईटेसनद्वारा सम्मान गरेका हुन् ।
सभामुख एरिक एडम्सले साइटेसनमा भनेका छन्, ‘तपाईँको आफ्नै व्यक्तिगत सुरक्षाको परवाह नगरी, यसो गर्दाको जोखिमको बारेमा सोच्दै नसोची, जोखिमपूर्ण अवस्थामा पनि धेरैभन्दा धेरै मानिसहरूलाई सहयोग गर्न अघि बढ्नु निक्कै गर्वको कुरा हो र यो नै ब्रुकलिन कोविद हिरोले गर्ने कार्यको उत्कृष्ट उदाहरण हो ।
तर त्यस बखत भगवान् मन्दिरमा नभई दुखी पीडितहरूको घर, निवास परिसरमा देखिए । भगवान् मानवरूपी जीवन नै रहेछ भन्ने महसुस राहत पाएका आप्रवासी बेसाहाराहरुले गरेका थिए । 
दृढ इच्छाशक्तिले नै कठिन परिस्थितिमा मजबुत हुन सिकाउँछ । विपन्न नागरिकलाई खाना वितरण, आवश्यकतामा रहेकालाई पिपिई वितरण देखि बिरामीहरूलाई विभिन्न अस्पताल र स्वास्थ्य सेवा सुविधाहरूमा पहुँच पुर्‍याउन सम्म । विशेष गरी महामारीले उच्चतम विन्दुमा पुगेको बेला । तपाईँको योगदानको हामी उच्च कदर गर्दछौँ ।’
केसीको पहलमा कोरोनाको महामारीको बेलामा क्वीन्स बोरो, बु्रकलिन बोरो र न्यु योर्क सिटी मेयर अफिसबाट नेपाली समुदायका लागि झन्डै १५ हजार मास्क, झन्डै ९ हजार ह्याण्ड स्यानिटाइजर, झन्डै १२ हजार ग्लोभ्स प्राप्त भएको थियो ।
विभिन्न सङ्घसंस्था र व्यक्तिमार्फत ती सामाग्रीहरू न्यु योर्क नेपाली समुदायलाई वितरण गरिएको थियो । न्यु योर्क मास्क, स्यानिटाइजर र ग्लोभ्सको हाहाकार भएको बेलामा प्राप्त ठुलो सहयोगले नेपाली समुदायलाई ठुलो राहत मिलेको थियो ।
नवराज केसी नेपाली अमेरिकन विजनेशम्यान र रियल्टरमात्र होइनन्, उनले केही समयदेखि अमेरिकन राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने काममा  समेत केहीबर्षदेखि सक्रिय छन् ।
नवराज केसीले क्वीन्स बोरो, बु्रकलिन बोरो र न्यु योर्क सिटी मेयर अफिसबाट सहयोग प्राप्त गर्नका लागि सेतुको काम मात्र गरेनन्, छुट्टै पहलमा थर्मामिटर र औषधीहरू किनेर नेपाली समुदायलाई वितरण समेत गरे ।
रोटरी क्लब अफ न्यु योर्क क्वीन्सका तत्कालीन अध्यक्ष समेत रहेका केसीको नेतृत्वमा क्लबका तर्फबाट ५ सय थर्मामिटर र १० हजार पोका ज्वरोको औषधी टायलोनोल नेपालीहरूलाई वितरण गरियो । केसी सन् २०१९ देखि सन् २०२० को जुनसम्म रोटरी क्लब अफ न्यु योर्क क्वीन्सका अध्यक्ष रहेका थिए । हाल उनी रोटरी इन्टरनेशनलकडिस्ट्रिक्ट ७२५५ मा एसिस्टेन्स गभर्नर रहेका छन् ।
महामारीको अवधिमा न्यु योर्क सिटीबाट प्राप्त ७ हजार ५ सय छाक तयारी खाना समेत उनकै पहलमा नेपाली समुदायलाई वितरण गरिएको थियो । न्यु योर्क ज्याक्सन हाइटमा रहेको ब्याम्बो हाउस रेष्टुरेण्टको अगाडि उक्त खाना वितरण गरिएको थियो । केसी ब्याम्बो हाउसका सञ्चालक समेत हुन् ।
नवराज केसी नेपाली अमेरिकन विजनेशम्यान र रियल्टरमात्र होइनन्, उनले केही समयदेखि अमेरिकन राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने काममा  समेत केहीबर्षदेखि सक्रिय छन् । जसको प्रत्यक्ष फाइदा कोरोनाको महामारीमा न्यु योर्क रहेको नेपाली समुदायले लिन सक्यो ।
तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *