अनुशासनविहीन सांसद, लगाम लगाउन के गर्ने ?

मंगलबार लुम्बिनी प्रदेशको प्रदेशसभा बैठकमा देखिएको दृष्यले धेरैको ध्यान खिच्यो । कानुन बनाउने दायित्व बोकेका ‘माननीय’ले नै कुर्सीले हानेर टेबुल र माइक तोडफोड गर्नु सामान्य घटना थिएन ।

तोडफोडमा उत्रिएका तीन जना प्रदेशसभा सांसदलाई कारबाही गर्न सभापति शेरबहादुर देउवाले नै निर्देशन दिएको खबर सार्वजनिक भएको छ । तर, के कारबाही हुन्छ भन्ने प्रष्ट छैन ।

पहिलो संविधानसभामा सभासद सञ्जय साहले बोल्न नपाएको भनेर माइक भाँचेका थिए । माइक भाँचेको भनेर उनलाई तलबबाट काटेर ९० हजार जरीवाना तिराइएको थियो । तर, सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । सर्वोच्चले कानुन नभई जरीवाना तिराउन पाइन्न भनेर निर्णय सुनाएपछि संसद सचिवालयले साहलाई जरिवाना रकम फिर्ता गर्‍यो ।

दोस्रो संविधानसभामा बहिस्कारकै क्रममा जबरजस्ती संसद चलाउन खोजेको भन्दै तत्कालीन नेकपा माओवादीका सांसदहरुले तोडफोड गरे । सभामुखमाथि समेत आक्रमण प्रयास भयो । हालका प्रधानमन्त्री तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको हातमा माइकले लाग्यो । संसद सचिवालयका अनुसार त्यसबेला तोडफोडमा करिब सात लाख रुपैयाँ क्षति भएको थियो ।

यस घटनाको विषयमा छानविन गर्न तत्कालीन सचिव मुकुन्द शर्माको नेतृत्वमा समिति गठन भयो । तर, उक्त समितिले प्रतिवेदन नै बुझाएन । तोडफोडमा संलग्नहरुमाथि कुनै कारबाही भएन ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *