विदेश जाने क्रम ठप्प हुँदा पनि कसरी बढ्यो रेमटि्यान्स ?

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्सका रुपमा नेपालमा पठाए । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा आएको यो रकम अघिल्लो वर्षको साउन महिनाको भन्दा २३ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह जम्मा २ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार गत महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेका थिए । अर्थात् यो अवधिमा कामका लागि विदशे जाने क्रम ठप्प थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

यो अवधिमा विदेश जानेको संख्या घटेपनि रेमिट्यान्सले भने उछाल हानेको छ ।

महामारीका बीचमा पनि रेमिट्यान्स आप्रवाहमा गत आर्थिक वर्ष २०७६/७७मा  ०.५ प्रतिशतको गिरावट आएको थियो । आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स गत आर्थिक वर्ष २०७६/७७ मा ०.५ प्रतिशतले घटेको थियो, जुन अपेक्षित भन्दा राम्रो अंक थियो ।

विश्व बैंकले कोभिड-१९को महामारी सुरु हुनासाथै भनेको थियो, नेपाल आउने रेमिट्यान्समा १४ प्रतिशतसम्म गिरावट आउन सक्छ । नेपाल राष्ट्र बैंकले पनि ५ देखि १० प्रतिशतशसम्म रेमिट्यान्स आप्रवाह घट्ने अनुमान गरेको थियो ।

तर, गत वर्ष ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो । त्यसभन्दा अघिल्लो वर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो ।

चैतमा नेपालमा लकडाउन भएपछि रेमिट्यान्स आप्रवाह नसुस्ताएको हैन । गत वैशाखमा ५३ अर्बमात्रै रेमिट्यान्स आएको अवस्थामा जेठमा ९४ अर्ब रेमिट्यान्स भित्रिएको थियो । असारमा त्यो क्रम बढेर १ खर्ब १ अर्ब रुपैयाँ पुगेको थियो  ।

वैदेशिक रोजगारीमा जानेको संख्या गिरावट आउँदा पनि साउन महिनामा रेमिट्यान्स नघट्नुले प्रक्षेपण गरिएजस्तो ठूलो संख्यामा विदेशमा कार्यरत नेपाली श्रमिक प्रभावित नभएको देखिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

कसरी बढ्यो रेमिट्यान्स ? 

राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्ट महामारीको बीचमा पनि रेमिट्यान्स आप्रवह गत वर्षकै हाराहारीमा रहनु सकारात्मक मान्छन् । चैतमा कोभिड महामारी ब्यापक रुपमा फैलिरहँदा विदेशमा रहेका ८ लाख नेपालीले रोजगारी गुमाउने अनुमान थियो ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *