ठेकेदार बेपत्ता, जनप्रतिनिधिलाई कमिसनको चक्कर, उदयपुरमा जनतालाई ठक्कर

जनप्रतिनिधिले समेत ठेकेदारबाट कमिसन लिएर मौन बसेको हुनसक्ने स्थानीयको आरोप छ ।

उदयपुरको मिर्चैया कटारी सडक खण्ड अन्तर्गत चुरियामा निर्माण भइरहेको बाटो समयमै निर्माण सपन्न नहुँदा यात्रुहरू मर्कामा परेका छन् । उक्त सडक खण्ड हुँदै यात्रा गर्ने यात्रु समस्यामा पर्दै आएका छन् । निर्माण कम्पनीले बाटोको जिम्मा लिएर काम पुरा नहुँदै सम्पर्कविहीन हुँदा उक्त ठाउँमा पहिरो जाने तथा वर्षायामको समयमा हिँड्न नै कठिन हुने यात्रुहरूको भनाई छ ।

वर्षा याममा पर्ने पानीले पहिरो जाने, हिलो हुने तथा बाटोमा नै गाडीहरू फस्ने हुँदा यात्रुहरू बिच बाटोमा नै बस्नु परेको स्थानीय सन्तोष कार्कीले बताए । जनताको गुनासो नजिकबाट सुन्ने स्थानीय सरकारलाई स्थानीयले पटक पटक गुहारे पनि उनीहरूले बेवास्ता गरेको स्थानीय बताउँछन् ।

‘हामी धेरै पटक कार्यालयहरू धायौं, हाम्रो सुनुवाइ भएन, ठेकेदारलाई दबाब दिन कोही तयार छैन, यसैले बाटो बन्दे बनेन,’ स्थानीय भन्छन् ।
जनप्रतिनिधिले समेत ठेकेदारबाट कमिसन लिएर मौन बसेको हुनसक्ने स्थानीयको आरोप छ ।

बाटोको निर्माणको जिम्मा लिएको कम्पनीले केही समय काम गरेको थियो । अहिले तर अहिले सम्पर्कविहीन हुँदो दैनिक यात्रुहरूले विभिन्न समस्याहरू भोग्नु परेको स्थानीय बताउँछन् ।

तै पनि धूलो, धुवाँ, हिलो, खाल्डोले निम्त्याएको जोखिम प्रति सरोकारवाला सबै रमिते बनेका छन्

सडकको स्तर उन्नति गर्ने नाममा वर्षौँ सम्म अलपत्र छाड्दा यसले स्थानीयका साथै सडक प्रयोगकर्ता सबैलाई दिक्दार बनाएको छ । हिलो, धुलो जन्य समस्यासँगै दुर्घटना बढेको छ ।

सो सडकबाट दैनिक सयौँ मालवाहक साधन ओहोर दोहरो गर्छन् । लामो तथा छोटो दुरीका यात्रुवाहक सवारी साधनको सङ्ख्या धेरै छ । तै पनि धूलो, धुवाँ, हिलो, खाल्डोले निम्त्याएको जोखिम प्रति सरोकारवाला सबै रमिते बनेका छन् ।

बाटोमा बिचल्लीमा परेका यात्रुहरूलाई तत्काल आवतजावत गर्नका लागि भने इलाका प्रहरी कार्यालय उदयपुर कटारीका प्रहरी निरीक्षक प्रमोद कार्कीको पहलमा एकतर्फी बाटो सञ्चालन भएको छ ।

सम्बन्धित निकायले बाटोको निमार्ण गर्ने जिम्मा लिएको कम्पनीसँग समन्वय गरेर बाँकी रहेका काम समापन्न गर्न स्थानीयले आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

One thought on “ठेकेदार बेपत्ता, जनप्रतिनिधिलाई कमिसनको चक्कर, उदयपुरमा जनतालाई ठक्कर

  • September 15, 2020 at 1:00 PM
    Permalink

    पापीष्ठ ठेकेदार र निर्दयी जनप्रतिनिधीलाई चारपाटा मोडेर चार गाउँ कटाउनुपर्छ ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *