शनिबार थपिए ८८४ कोरोना संक्रमित

नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।

देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ८८४ जनामा संक्रमण पुष्टि

गएको २४ घण्टामा ३१३ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २० हजार ५५५ पुगेको छ । आज ११ हजार ५१६ जनाकाे पिसिआर परीक्षणा गरिएकाे छ । हाेम आइसाेलेशनमा ६ हजार ४४५ जना छन्  ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *