‘कालीमाटी बजारमा व्यापारी र उपभोक्ता दुवैले मास्क पनि लगाउँदैनन्’, जोखिम झन् बढ्यो

 कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ ।

व्यापारी र ग्राहकले सामान्यतया दुरी कायम नगरेकाे र मास्कसम्म पनि नलगाएको पाएपछि कोरोना भाइरसको जोखिम बढेको हो ।

यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने नअपनाइएकाे पाइएकाे हाे । काठमाण्डाै महानगरपालिकाकाे कृषि विभागको अगुवाइमा बिहान अनुगमन टोली त्यहाँ पुग्दा अवस्था सामान्य बेला जस्तै थियो ।

हरेक दिन काठमाण्डाै उपत्यका र अझै बढी काठमाण्डाै जिल्लामा भाइरसका सङ्क्रमितकाे सङ्ख्या थपिने क्रम जारी  छ ।

दैनिक औसतमा पाँच सय मेट्रिक टन तरकारी तथा फलफुल बिक्री हुने बजारमा चार सय ५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् । खुद्रामा भन्दा थोक बजारमा तरकारी र फलफुल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि त्यहाँ भिड बढेको अनुगमन टोलीको निष्कर्ष छ ।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *