नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ।

इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका दूतावासले जानकारी दिएको छ।

राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत् इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनोट गरी उनीहरूको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरूलाई विज्ञ कन्सलट्यान्टको रूपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन्।

तपाईंको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *